डडेल्धुरामा हाइस अनियन्त्रित भएर दुर्घटना हुँदा १७ जना घाइते
डडेल्धुरा, डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना हुदा १७ जना घाइते भएका हुन ।
भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१-ख २३२३ नं. को हाईस शनिबार बिहान करिब ३ बजेतिर दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
हाइस अनियन्त्रित भएर रोडभन्दा अन्दाजी १०/१५ मिटर तल खस्दा उक्त हाईसमा सवार १७ जना घाइते भएकाे डडेल्धुराका प्रहरीले जनाएकाे छ । बझाङ तलकोट गाउँपालिका-२ बस्ने वर्ष ३० का हिमाल माझी (साहु) र कैलाली गोदावरी नगरपालिका-६ बस्ने वर्ष २५ का शिवराज फुलारालाई उपचारको लागि धनगढी पठाइएको बताएकाे छ ।
प्रहरीका अनुसार घाइते हुनेमा बझाङ तलकोट गाउँपालिका-२ का २३ वर्षीय सुशीला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दीपेन्द्र कुँवर, १८ वर्षका अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर रेहका छन् ।
यस्तै, ४६ वर्षका गोरख कुँवर, ४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका पवन धामी, ६ को अनुप रोकाया रहेका छन् ।
घाइते १५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूकाे अवस्था समान्य रहेको छ ।