उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ।

जसमध्ये काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसहित उपत्यकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५८९ पुगेको छ।