इलाममा एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ श्रावण १७, शनिबार १६:१७
प्रकासित समय : १६:१७
इलाम, इलाममा आज (शनिबार) एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिएका छन् ।
योसँगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ । यस्तै इलाममा कूल संक्रमितको संख्या ५७ पुगेको छ । बाँकी ४० सशस्त्रको स्वाब संकलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए ।