देउखुरीको मौरीघाटमा डेरा गरी बस्ने यादवको कोठाबाट २० हजार रूपैयाँ चोरी

 भालुवाङ , दाङको देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाटमा चोरको बिगबिगी बढेको छ । यसै क्रममा गएराती राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट स्थित राप्ती प्राविधिक शिक्षालय जाने बाटोमा डेरा गरी बस्ने धर्म यादवको कोठाबाट नगद २० हजार रूपैयाँ चोरी भएको छ ।
कोठामा आफु नभएको माैका छोपी चोरले कोठाको ताल्चा फोडी सो रकम चोरी गरेको पिडित यादवले जानकारी दिएका छन् । पिडित यादवका अनुसार राति ११ बजेको समयमा चोरी भएको हुन सक्ने बताएका छन् ।

यस अघि पनि माैरीघाटमा एकै घरमा ४ पटक सम्म र अन्य घरमा पनि चोरी भइसकेको छ । सो क्षेत्रमा गाँजा खाने युवाहरू बढी मात्रामा देखिने गरेकोले उनीहरू माथि अाफुलाई शंका लागेको बताएका छन् । यस विषयमा अनुसन्धान गरी चोरलाई कारवाही गर्न सम्बन्धित निकायलाई पिडित यादवले अनुरोध समेत गरेका छन् ।