पहिरोमा बाबा क्यान्सरबाट आमा गुमाएकी सरितालाई साँसद खडकाले पढाउने

सुर्खेत, आमा केहि बर्ष पहिले क्यान्सरको सिकार भइन बाबालाई पहिरोले पुर्यो । त्यसपछि औपचारिक रूपमै टुहुरी बनेकी कालिकोट पचालझरना ३ खार्दुकी सरिता कठायतको भबिश्यको उज्यालो ढोकामा चुकल लाग्यो ।

कर्णालीमा भएका बग्रेल्ती संघ संस्थाले सरिताका दिदिबहिलाई देख्न सकेनन । टुहुराहरूको नाममा मनग्ये आम्दानी गरेका ती संघ संस्थालाई सरिताहरुको बारेमा जानकारी लिने फुर्सद पनि भएन । किनकि कालिकोट बिकट थियो त्यसैमा पचालझरनाको खार्दु झनै दुर्गम थियो । दुर्गममा जन्मिएका उनिहरू झन दुर्गम थिए ।   पहिरोले बाबासंगै उनिहरूका सपना पुरेपछि निरास बनेकी थिइन ।

सामाजिक हिसाबले बिभिन्न कार्य गर्दै आएकी कर्णाली प्रदेश सासंद पद्यम खडका कहाँ रैबार पुग्यो उनले ६ टुहुरी दिदिबहिनीमध्य एकजनालाई आफुले पढाउने जिम्मेबारी लिइन ।

पहिरोबाट बाबा क्यान्सरबाट आमा गुमाएकी कालिकोट पचालझरना गाउँपालिका ३ खार्दुकी सरिता कठायतलाई प्रदेश सांसद तथा महिला नेतृ पद्यम खडकाले पढाउने जिम्मा लिने भएकी छन । सांसद खड्काले आमा बाबा बिहिन टुहुरी सरतिा कठायतलाई पढाउने जिम्मा लिन लागेको उनकी माइजु अल्किना बमले जानकारी दिइन । 

खार्दुको लेकमा दार चिरानिमा गएका ५० वर्षिया ध्वजविर कठायतको पहिरोमा परि श्रावण ३ गते शनिबार निधन भएको थियो । भने केहि समय अगाडि सरिताकी आमा हरिकला कठायतको क्यान्सरका कारण निधन भएको थियो ।

बाबा आमाको निधनपछि टुहरी बनेकी ६ दिदिबहिनिहरु

पदमा खड्काको वचन एकजनालाई म पढाउछु

नेकपा एमालेबाट सासंद बनेकि पदमा खड्का अरूभन्दा फरक पहिचान बनाउन उद्दत छन् । उनको सांसद पद सायद त्यसैको फल हो । कालिकोटमा पहिरो जाँदा उनि सुर्खेतमा पत्रपत्रिका मार्फत घटनाको सुचना संकल गरिरहेकी थिइन ।

दुखान्त खबर लिएर आउने घटनाहरुलाई नजिकबाट स्पर्श गरेकी खडकाले पहिरोमा परेर बाबा गुमाएकी सरितालाई पढाउने सोच बनाइन । उसोत केहि बर्षअगाडिबाट जाजरकोट दहका चक्र खडकालाई पनि यसरी नै पढाउने जिम्मा लगेकी थिइन ।

शुक्रबार कुसेन्युजसंग कुरा गर्दै सांसद खडकाले भनिन् प्राकृतिक बिपद सबैको बस भन्दा टाढाको कुरा हो । यो बिपदको घडिमा हामी सचेत मानब हुनुको हैसियतले मावता देखाउनु पर्छ मैले पनि त्यहि मानवता अनुसार एकजनालाई पढाउने जिम्मा लिने सोचेकी छु । त्यहि अनुसार आफन्तजनसंग कुरा भैरहेको छ । मेरो सामाजिक उतरादात्यिको काम पनि हो । उनले भनिन ।

को हुन खडका ? 

३०३८ सालमा सुर्खेतको बिरेन्द्रनगर १० मा जन्मेकी खडका २०५८ सालदेखि बाम राजनितिमा सक्रिय नेतृ हुन । २०५९ सालमा एमालेको क्षेत्रिय कमिटिमा रहेर काम गर्दै आएकी सांसद खडका पछिल्लो नेकपाको एकिकरणपछि सुर्खेत जिल्ला कमिटि सदस्य रहेकी उनि नेकपाको सामानुपातिकबाट प्रदेश सांसद पर्न सफल भएकी हुन ।