पहरूवा मोटरसाइकल दुर्घटनाका मृतक बुढामगरको परिवारलाई मृत्यु राहत
भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिका-५ पहरूवामा भएको मोटरसाइकल दुर्घटनाका मृतक अभिनास बुढामगरका परिवारलाई मृत्यु राहत प्रदान गरिएको छ । नेपाल मगर संघ राप्ती गाउँपालिका-८ नम्बर वडा समितिले बिहीबार परेको शुद्व शान्तिको अवसरमा वडा समितिका सदस्यहरूबाट १२ हजार ५ सय रूपैयाँ र इष्टमित्रहरूबाट ९ सय रूपैयाँ गरि कुल १३ हजार ४ सय रूपैयाँ सहयोग गरेको हो ।
समितिका उपाध्यक्ष चम्फा पुनमगरले राप्ती गाउँपालिका ८ बिजाैरी निवासी मृतक परिवारलाई सो मृत्यु राहत रकम हस्तान्तरण गरेकी हुन् । मृतक बुढामगरकाे राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा साउन १३ गते माेटरसाईकल दुर्घटनामा परि २० बर्षकाे उमेरमा निधन भएको थियोे ।
साथै वडा समितिले बुढामगरको निधनले समितिलाई दुखी बनाएको बताउँदै दुखको घडिमा दिवगंत आत्माकाे चिरशान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली, साथै समस्त परिवार प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनि समवेदना समेत प्रकट गरेको छ । भने दुर्घटनामा परि घाइते हुने राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी निवासी सागर चाैधरी र वडा नम्बर ६ पत्थरगढवा निवासी दिनेश चाैधरीकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित निकायबाट सिघ्र पहल हाेस भनी अपिल समेत गरेको छ ।
मृतक बुढामगरको स्थायी ठेगाना राेल्पा घर भई हाल दाङको राप्ती गाउँपालिका ८ बिजाैरीमा परिवार सहित डेरा गरि बस्दै आएका छन् । मृतक बुढामगरका श्रीमती, आमा र १ बर्षकाे छाेरा समेत छन् । डेरामा बस्दै आएको परिवारको अवस्था दयनीय रहेको र छाेराकाे सहारामा चल्दै आएको परिवारको अवस्था नाजुक भएकाले सहयाेग गर्न चाहानेले ९८६८६८१३७६ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।