सोच्दो हो कसरी खत बस्यो अनुहारमा
प्रकासित मिति : २०७७ श्रावण १६, शुक्रबार ०९:२४
प्रकासित समय : ०९:२४
खुब हेरिरह्यो ऐनाले आफ्नो अनुहारमा
सोच्दो हो कसरी खत बस्यो अनुहारमा ।
देशद्रोही छोराले पनि सिमाना काटी रहदा
बहुत चोटि फर्केर हेर्यो देशको अनुहारमा।
इन्कलाबमा मट्टीतेल बनेर ,सकिन मन छ
आफै जल्छ जो झोस्छ आगो अनुहारमा ।
बत्ती बिनाको कोठा जस्तै छ,अबसर पनि
म जलेर आउँछ,उस्को उज्यालो अनुहारमा।
बेपत्ता भएको प्रेमी बर्षौ पछि आज भेटियो
खुसिको सिचाइ भयो,फेरि बाझो अनुहारमा ।
दैलेख