दाङको गढवामा सार्वजनिक जग्गा अतिक्रमणबाट रोक्न गाउँपालिकासंग माग

 देउखुरी, देउखुरीकाे गढवा ७ मा कृयाशिल ज्ञानपुञ्ज मानवअधिकार शिक्षा रेडियो स्रोता क्लबले गढवाको मानपुरमा नदी तटिय सार्बजनिक जग्गामा स्थानीयले अतिक्रमण गरी भौतिक संरचना बनाउन थालेको भन्दै तत्काल अतिक्रमण रोक्न गढवा गाउँपालिकासंग माग गरेका छन् । 

क्लबका अध्यक्ष रोशन चौधरी लगायत दर्जनौको टोलीले बिहिवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।  नदी तटिय तथा तटबन्धबाट नदी उकास जग्गा अतिक्रमण तत्काल रोकी त्यहाँ बनाइएका भौतिक संरचना हटाएर सार्बजनिक जग्गालाई संरक्षण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सार्वजनिक जग्गामा ब्यक्ति बिशेषको अधिपत्य हुन नदीई सार्बजनिक कार्यालय, संघसंस्था र सरकारी प्रयोजनका लागि संरक्षण गर्न क्लबले बुझाएको ज्ञापन पत्रमा गाउँपालिकालाई आव्हान गरिएको छ । ज्ञापन पत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष यादवले तत्काल सर्बदलीय सर्बपक्षीय बैठक बोलाई त्यसको निकास निकाल्ने र सार्वजनिक जग्गा गाउँपालिकाको संरक्षणमा ल्याउने बताए । अध्यक्ष यादवले तत्काल वडा कार्यालयलाई पत्राचार गरी सर्बदलीय बैठकबाट निकास निकाल्ने प्रतिबद्धता समेत जनाएका छन् ।