२४ घण्टामा २२४ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १९,७७१

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । 

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ ।

उनले पछिल्लो २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५१ जना निको भएर घर फर्किएका छन् ।

कुल कोरोना निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेका छन् । जुन ७२ दशमलब ८ प्रतिशत रहेको उनले जानकारी दिए ।

कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ ।