स्वास्थ्यकर्मीसहित थप १३ जनामा कारोना संक्रमण

पर्सा, समुदायस्तरमा देखिएको कोरोनाबाट पर्सामा थप १३ जना संक्रमित भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मी सहितका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति संक्रमण पुष्टि भएका १३ जनामध्ये नारायणी अस्पतालका दुई जना स्वास्थ्यकर्मी र एक जना सफाइकर्मी रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

बाँकी १० जना सर्वसाधारण रहेको मेसु उपाध्यायले बताएका छन् । बिहीबार राति १३ जना संक्रमित थपिएसंगै पर्सामा कुल संक्रमितको संख्या ३६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।