जगदम्बाका सीईओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ, जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारत घर भएका वीरगञ्ज–११ श्रीपुर बस्ने जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गरेकोमा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

गत साउन ७ गते संक्रमण पुष्टि भएपछि उनी कोरोना अस्पताल भर्ना भएका थिए । उनी लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए ।