कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतक संख्या ५५ पुग्यो

वीरगन्ज, कोरोना भाइरसको संक्रमण भएका जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो ।

उनलाई हिजो दिउँसोदेखि अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर निरजकुमार सिंहले जानकारी दिए । उपचारकै क्रममा राति ११ गते मृत्यु भएको उनले बताए ।

भारत निवासी उनी पुरानो मुटुरोगी भएको खुलेको छ । साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको शव अहिले अस्पतालमै राखिएको छ।

योसँगै वीरगन्जमा मात्रै कोरोनाबाट १३ जनाको मृत्यु भएको छ भने देशभर अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ ।वीरगन्जमा बिहीबार नै २ जनाको मृत्यु भएको थियो । बुधबार पनि २ जनाको मृत्यु भएको थियो ।