कैलालीमा बाढिले बेपत्ता पारेका युवकको शब फेला, २ जनाको खोजी कार्य जारी
प्रकासित मिति : २०७७ श्रावण १५, बिहीबार २०:५२
प्रकासित समय : २०:५२
धनगढी, कैलालीमा बाढिले बेपत्ता गरेका एक युवकको शब फेला परेको छ ।बिहिवार कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परको हो ।
उनिसंगै बगेका अन्य दुईजना भने अझै फेला परेका छैनन् । भजनी नगरपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षीय चक्रबहादुर बिक र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीको भनाई छ ।