देउखुरीकाे लालमटियामा शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजना तथा ब्यवस्थापनमा सञ्चालन हुने गरि निर्माण हुन थालेको शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास गरिएको छ ।

विहिवार एक कार्यक्रमको आयोजनामा सो निर्माणाधिन शान्ती उद्यान योगा तथा ध्यान केन्द्रको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा आगामी दिनमा केन्द्रको भौतिक संरचनाको स्वरुपमा गुरु योजना सहितको थ्री डी नक्शा पनि सार्वजनिक गरिएको थियो ।

उक्त केन्द्रबाट त्यो क्षेत्रको सुन्दरता बढ्ने, ध्यान मेडिटेशन गर्ने स्थल उपलब्ध हुने, योगाको माध्यम बाट मानिसहरुले स्वास्थ लाभ गर्ने, बालबालिका तथा नागरिकहरुमा नैतिक ज्ञान तथा असल आचरणको बिकास हुने भएकोले शान्ती उद्यान योगा तथा ध्यान केन्द्रको निर्माण गर्न थालीएको केन्द्रका केशवराज आचार्यले जानकारी दिएका छन् ।

योगा तथा ध्यान केन्द्रको शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्बा चौधरी, वडा नम्बर २ का अध्यक्ष जगतबहादुर थापा, पत्रकार महेश रिजाल, समाजसेवी बुद्धिजीवी किरण भण्डारी,राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतको सहभागीता रहेको थियो ।