१४ हजार २४८ जना कोरोनामुक्त

काठमाडौं,नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती प्रदेशबाट ५२४ जना कोरोना मुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट एक हजार २३० जना, प्रदेश ५ बाट तीन हजार ९१८ जना, कर्णाली प्रदेशबाट एक हजार ६९९ जना र सुदूरपश्चिमबाट दुई हजार ९७३ जना कोरोनामुक्त भएको गौतमले बताए।