सुदूरपश्चिममा थपिए ७ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ श्रावण १५, बिहीबार १५:३१
प्रकासित समय : १५:३१
काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ५ जना पुरुष, कञ्चनपुरका एक पुरुष र दार्चुलाकी एक महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै, प्रदेशमा संक्रमितको संख्या १ हजार ३३९ पुगेको छ । हालसम्म १ जनाको मृत्यु भएको छ भने ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।