कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये जाजरकोट र मुगुका एक–एक जना, सल्यानका तीन जना, सुर्खेतका सात जना र दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै कर्णालीका कुल कोरोना संक्रमितको संख्या एक हजार नौ सय ३७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले संक्रमण पुष्टि गरेका ११ जनामध्ये मुगुको छायाँनाथ रारा नगरपालिका १ का एक जना, सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ३ का दुइ जना, बनगाड कुपिन्डे नगरपालिका वडा नं. १३ का एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ६ का एक–एक जना, वडा नंं. ११ का दुइ जना, पञ्चपुरी नगरपालिका वडा नं. २ का एक जना र वडा नंं ५ का दुई जनामा छन् ।
त्यस्तै दैलेख अस्पतालको पीसीआर प्रयोगशालाले संक्रमण पुष्टि गरेका १० जनामध्ये दैलेखको आठविस नगरपालिका वडा नं. ४ र ८ का एक–एक जना, भगवतिमाइ गाउँपालिका वडा नं. ६ का एक जना र महावै गाउँपालिका वडा नं. ४ का चार जना, वडा नं. ५ का एक जना र वडा नं. ६ का दुई जनामा छन् । त्यस्तै रुकुमपश्चिमको चौरजहारी पीसीआर प्रयोगशाला परीक्षण गर्दा जाजरकोटको भेरी नगरपालिका वडा नं. ३ का एक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज नै सुर्खेतको वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट ६ जना, दैलेखको नौमुलेबाट दुई जना, रुकुमपश्चिमको चौरजहारीबाट पाँच जना र कालिकोटको सान्नी त्रिवेणी आइसोलेसनबाट एक जना गरी कुल १५ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ९७ पुगेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।