आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ श्रावण १५, बिहीबार १६:४४
प्रकासित समय : १६:४४
काठमाडौं, पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर परीक्षण गरिएको छ। आज (बिहीबार) थपिएका संक्रमितसहित देशभर हालसम्म कोरोना पुष्टि हुनेको संख्या १८ हजार ५४७ पुगेको छ।
मन्त्रालयकाअनुसार देशभर जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसन र अस्पतालबाट २२७ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १४हजार २४८ रहेको मन्त्रालयले जनाएको छ। काेराेना संक्रमणबाट नेपालमा हालसम्म ५२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।