अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर मृत्यु

अछाम, अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

कालिका बनभेरी डाँडा सामुदायिक बनमा बाख्रा चराउन गएको अवस्थामा जंगलमा सुकेको अबस्थामा २२ बर्षिया देउकला भुलको ज्यान गएको हो ।

घटनास्थलमा प्रहरी टोली खटेर स्थलगत निरिक्षण भईरहेको प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।