देउखुरीको पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु
भालुवाङ, दाङको देउखुरीमा २ मोटरसाइकल एक अापसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ ।
लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६:३० बजेको समयमा भएको दुर्घटनामा परी रा १ प ४७६५ नम्बरको मोटरसाइकल पछाडि बसेका राप्ती गाउँपालिका ८ बिजाैरी निवासी २० वर्षका अविनास बुढामगरको लमही अस्पतालमा उपचारका क्रममा मंगलबार राति ७:३० बजे निधन भएको प्रहरी चाैकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।
घाइते मध्ये राप्ती गाउँपालिका वडा नम्बर ८ विजाैरी निवासी २० वर्षका सागर चाैधरीको फ्लोरेन्स अस्पताल लमहीमा र राप्ती गाउँपालिका ६ पत्थरगढवा निवासी ३२ वर्षका दिनेश चाैधरीको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले बताएको छ । मंगलबार बेलुका पश्चिमबाट पुर्व तर्फ गइरहेको रा १ प ४७६५ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ गइरहेको रा ३ प ५७८२ नम्बरको मोटरसाइकल एक अापसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।