पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु
काठमाडौँ, अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नम्बर ७ को बाँगामा पहिरोले घर पुर्दा ९ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार गाउँपालिका वडा नम्बर-४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढाको शब भेटिएसँगै मृत्यु हुनेको संख्या ९ पुगेको हो । यसअघि उनको श्रीमती ६५ वर्षीय मना बुढाको पनि मृत्यु भईसकेको छ ।
यस्तै, सोही गाउँपालिका–७ माल्कोट बागामा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बढा, एक वर्षका चरित्र बुढा र १८ वर्षीय छोरी विमला रहेका छन् । राति सुतिरहेका बेला पहिरो जाँदा उक्त घटना भएको हो ।