कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५१
प्रकासित मिति : २०७७ श्रावण १४, बुधबार २०:१८
प्रकासित समय : २०:१८
काठमाडौँ, वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हाे । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा ती वृद्धमा स्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । उनलाई साउन ८ मा एड्भान्स मेडिकेयरबाट नारायणी कोरोना अस्पताल रेफर गरिएको थियो । उनी मुटु रोगी पनि थिए ।
यस्तै, गण्डक अस्पतालमा उपचाररत पर्साका ६५ वर्षीय पुरूषको पनि कोरोनाले मृत्यु भएको पुष्टि छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।