कर्णालीमा थप १ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ९१५
प्रकासित मिति : २०७७ श्रावण १४, बुधबार १५:५०
प्रकासित समय : १५:५०
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्ला् २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हुम्ला जिल्लाका अदनचुली गा.पा.-३ का २४ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ९१५ पुगेको छ ।
संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार ६८२ जना निको भएर घर फर्किएका छन् । आज मात्र १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कोरोनामुक्त भई डिस्चार्ज हुनेमा प्रदेश अस्पताल, सुर्खेतबाट ५ जना र दुल्लु अस्पताल, दैलेखबाट ८ जना छन् ।