दार्चुलामा पहिरोले घर पुरिदा २ जना बेपत्ता
प्रकासित मिति : २०७७ श्रावण १३, मंगलवार १३:०५
प्रकासित समय : १३:०५
दार्चुला, दार्चुलामा पहिरोले घर पुरिदा दुई जना बेपत्ता भएका छन्। जिल्लाको दुहु गाउँपालिका–३ सल्लेखेतीमा पहिरोले पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी बेपत्ता भएको प्रहरीले जनाएको छ।
मंगलबार विहान ५ वजे घरमाथिबाट आएको पहिरोले घर पुरीदा जोशी दम्पती बेपत्ता भएको जिल्ला प्रहरी कार्याल दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले बताए।
उनका अनुसार पहिरो खसेको सूचना पाउना स्थानीय ब्रह्मदेव प्रहरी चौकीको टोली घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेको छ । घरमा सँगै रहेका जोशीका छोरा सुनीलले भने भागेर ज्यान जोगाएका छन्। त्यस्तै एक भैँसी र ४ वटा बाख्रा पनि पहिरोमा पुरीएको उनले बताए।