३ बोरा अबैध सुर्तीसहित डुडुवाबाट एकजना पक्राउ

नेपालगन्ज, बाँके प्रहरीले ३ बोरा अबैध सुर्तीसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार राती बाँके डुडुवा गाउँपालिकाबाट अबैध ३ बोरा सुपर पावर सुर्तीसहित वडा नं २ बेतहनी बस्ने सियाराम केवटलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीबाट खटेको प्रहरी टोलीले सोमबार राती १० बजे डुडुवा गाउँपालिका वडा नम्बर २, अमृत पुर्वाबाट सुर्तीसहित केवटलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काले जनाएका छन ।

खड्काका अनुसार पक्राउ परेका केवटले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी १८ हजार रुपैयाँको अबैध सुर्ती, साईकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रकृया अगाडी बढाएको बताइएको छ ।