प्रदेश सरकारले ४ महिनासम्म स्थापना गर्न सकेन कोरोना परीक्षण प्रयोगशाला
धनगढी, सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन नभएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गरेपनि जडान गर्न सकेको छैन्। प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले चैत १५ गते सेती प्रादेशिक अस्पतालसँगै डोटी जिल्ला अस्पताल र बैतडी जिल्ला अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।
तर अस्पतालहरुमा अहिलेसम्म आवश्यक भौतिक संरचना नै तयार पारिएको छैन्। तर अस्पतालहरुमा भने अहिले सम्म प्रयोगशालाका लागि उपकरणहरु पुगाइएको छैन्।
प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण नै नपाएको जिल्ला अस्पताल डोटीका प्रमुख डाक्टर ज्योती पाण्डेले बताए। ‘ल्यावका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दैछौ,’ उनले भने, ‘एक कर्मचारीलाई खटाएका छौ। कामदारहरुले काम गर्दैछन्।’