थप ३११ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ श्रावण १३, मंगलवार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन्।
पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३ हजार ८७५ पुगेको छ। संक्रमित संक्रमित ५ हजार १३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।