कालिकोटमा पहिरो ; १ जनाको मृत्यु ५ जना बेपत्ता

 सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी कालिकोटमा एकै घरका ५ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ।

कालिकोटको रास्कोट नगरपालिका १ मा रहेको जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका २ छोरी १ छोरा र एक जना भदै बेपत्ता भएका हुन्। पहिरोमा परी ५० वर्षीया जयबहादुर शाही, उनकी छोरी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया छोरी कौशी, ८ वर्षीय छोरा नवीन र १५ वर्षीया भदै अस्मिता शाही बेपत्ता भएका बताए।

वर्षाका कारण रास्कोट नगरपालिका १ मा घर भत्किँदा एक जना पुरिएका प्रहरीले जनाएको छ। स्थानीय टेक टमाट्टाको घर भत्किँदा पाउना लाग्न आएकी सोही ठाउँकी १४ वर्षीया केशबुरा शाही पुरिएका प्रहरी प्रमुख ओलियाले बताए। बेपत्ताको उद्धारमा प्रहरी लागेको भए पनि खराब मौसमका कारण कठिनाइ भइरहेको छ।