काठमाडौंमा थपिए ५३ जना कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टाभित्रै उपत्यकामा मात्रै ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यस्तै भक्तपुरमा एक र ललितपुरका चार जनामा पनि संक्रमण फेला परेको । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३११ जनामध्ये काठमाडौं उपत्यकाका ४८ जना हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जना कोरोना संक्रमित निको भएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप १२१ जनामा कोरोना संक्रमित निको भएर घर फर्केको बताए ।
योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ । उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ ।