कमलादीबाट प्रहरीले समात्यो १५ किलो सुन र हतियार

काठमाडौं । काठमाडौंको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र पेस्तोल बरामद भएको छ । काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद गरेको हो ।

 हतियार र सुन छाडेर केही व्यक्ति भागेको प्रहरीले जनाएको छ । यसबारे केहीबेरमा महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै छ ।