दुई अध्यक्षलाई मिलाउन उपाध्यक्ष वामदेव गौतमको यस्तो छ ६ बुँदे प्रस्ताव
काठमाडौं, दुई पक्षबीच चर्काचर्की चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले अघि सारेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालबो बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव छ ।
गौतमले राखेको प्रस्तावअनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ। त्यस्तै पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने उनको प्रस्ताव छ। त्यसैगरी प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने गौतमले अघि सारेको प्रस्तावमा भनिएको छ ।
यस्ताे छ गाैतमकाे प्रस्ताव