स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुष र २६ वर्षीया महिला रहेकी छन् ।

प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालय सिल गरेर अन्य प्रहरीको पनि परीक्षण गरिएको थियो ।

कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा १८ जनामा संक्रमण देखिएको हो । अन्यको रिपोर्ट आउन बाँकी छ ।

गण्डकी प्रदेशमा सोमबार स्याङ्जा प्रहरीका १८ जनासहित कास्कीको रूपा गाउँपालिकामा १,माछापुच्छ्रे गाउँपालिका १, लमजुङको मध्यनेपाल नगरपालिकामा १ र दूधपोखरी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।