सर्पले डस्दा देउखुरीको सिसहनियाँ एक बालकको मृत्यु

भालुवाङ, दाङकाेे देउखुरीमा सर्पकाे डसाईबाट एक बालककाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ७ अर्हनपुर निवासी नारायण चाैधरीका छाेरा बर्ष ७ का राजन चाैधरीकाे सर्पकाे डसाईबाट मृत्यु भएकाे हाे ।

आइतबार दिउँसाे करिब १२/१ बजेकाे समयमा साथीहरू संग गाउँकै कुलाेमा माछा मार्न गएकाे बेला बिशालु सर्पले डसेकाे राप्ती  उँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडाध्यक्ष विद्याशरण चाैधरीले जानकारी दिए ।

बालक सर्पकाे डसाईबाट विहाेस हुन थालेपछि उनलाई स्थानीय मेडिकल हुँदै लमही अस्पतालमा समान्य उपचार पछि सर्पदंश उपचार केन्द्र गाेरूसिङ्गेमा समेत उपचार सम्भव नभएपछि बालकलाई नेपालगञ्ज लैजाँदै गर्दा बेलुका ४ बजे बाटाेमै मृत्यु भएकाे भेरी अञ्चल अस्पतालका डाक्टर पारस पाण्डेले जानकारी दिएका छन् ।