कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण १२, सोमबार ०७:०७
प्रकासित समय : ०७:०७
जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।
धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । केही दिन देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पतालमा ल्याइएको अस्पतालले जनाए । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमितलाई प्रादेशिक अस्पतालको जेनरल अस्पतालमा आएका थिए । संक्रमित जेनरल आइसीयुमा रहेकोले मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक बसेको डा. सिंहले बताए ।