सोमबार १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ श्रावण १२, सोमबार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौं,पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ७५२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट ६२६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ छ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० छ।