सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
प्रकासित मिति : २०७७ श्रावण १२, सोमबार १०:१७
प्रकासित समय : १०:१७
काठमाडौँ । सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ । फेसबुक ह्याग गरी ठगी गर्ने एकजनालाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसंग समन्वय गरी दुहबीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय सबिर आलम रहेका छन् ।
अरुको आइडी ह्याग गरेका आलमले आफन्तहरुलाई आफु समस्यामा रहेको भन्दैै बैँकमा रकम जम्मा गर्न लगाई विभिन्न व्यक्तिहरुलाई ठगेको देखिएपछि नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी दिपक थापाले बताए ।
प्रहरीले १० दिनअघि ५० लाख र २५ लाख ठगी भएको भन्ने उजुरी आएपछि उनको खोजतलासी गरेको हो । उनीविरुद्ध अन्य ठगीका मुद्दा परेको पनि थापाले बताए । प्रहरीले उनीमाथी थप अनुसन्धान गरिरहेको छ ।