कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण १२, सोमबार १३:४२
प्रकासित समय : १३:४२
कैलाली, कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिंडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
बौनियामा आज बिहान ना ६ ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।