काठमाडौंमा थप ६ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण १२, सोमबार १६:४१
प्रकासित समय : १६:४१
काठमाडौं,काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ। पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंज प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
योसहित काठमाडौंमा कोरोनाका कुल संक्रमितको संख्या २८८ पुगेको छ। ललितपुरमा संक्रमितको संख्या ८६ पुगेको छ भने भक्तपुरमा ४९ जनामा कोरोना पुष्टि भएको छ। उपत्यकाका तीन जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ४२३ पुगेको छ।