ठुलो सङ्ख्यामा सलह किरा भित्रिएपछि

अछाम , अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा ठुलो सङ्ख्यामा सलह किरा भित्रिएको छ । दैलेखको सिमाना हुदै ठुलो सङ्ख्यामा आएको छ । 

सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपछि किसानले लगाएका मकै लगायतका अन्य बालीनालीमा क्षति गर्न थालेपछि खाद्य संकट आउन सक्ने भन्दै किसान  चिन्तित भएका छन् ।

उक्त्त किरालाई अनेक तरिकाले भगाउन खोज्दा पनि नभागेको र अहिलेपनि सलहले बालीनालीमा व्यापक क्षति गरिरहेको छ ।