पहाडिक्षेत्रबिकास अभियानद्धारा बारेकोटका पहिरो प्रभावितलाई राहत हस्तान्त्ररण

जाजरकाेट, पहाडिक्षेत्रबिकास अभियानले बारेकोटका पहिरो पिडितलाई राहत हस्तान्त्ररण गरेको छ । केयर नेपालद्वारा सन्चालित सुआहार दोस्रो कार्यक्रमबाट राहात सामग्री हस्तान्त्ररण गरिएको बारेकाटका युवानेता धन बहादुर नेपालीले जानकारी दिएका छन ।

पहाडिक्षेत्रबिकास अभियानको आर्थिक सहयोगमा शनिबार संस्थाका प्रतिनिधि मार्फत राहत सामाग्री गाउँपालिकालाइ हस्तान्त्ररण गरिएकाे नेपालीले बताए ।   नेपालीका अनुसार कमल,म्याट, भाडाकुडा, सरसफाइ लगायत पोसाक पाल २३ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

गत असार २५ गत बारेकाटमा पहिरो गएकाे थियाे । पहिरो प्रभावितहरु विचल्लीमा रहेकाे बताइएकाे छ । खाना बस्नकाे  अभावले एक जनाकाे त्रिपाल भित्रै  निधन भएकाे खबर पनि बाहिरिएकाे थियाे  ।