नेपालगन्ज यातायातका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज , बाँके दुईदिन अघि संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार यातायात कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयको सवारी शाखामा कार्यरत एकजना २२ बर्षिया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

सेवाग्राहीको अध्यधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले तत्कालका लागि सबै काम बन्द गरेको छ । यद्यपी कार्यालय कति दिनसम्म बन्द गर्ने भन्नेबारे निर्णय भइनसकेको बताइएकाे छ ।

 बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन् ।  योसंगै बाँकेमा संक्रमितको संख्या ४ सय ४ पुगेको छ । धेरे जसो कोरोनामुक्त भैसकेका छन ।