गण्डकीमा ३ जना संक्रमित थपिए, ४९ जना निको भए
प्रकासित मिति : २०७७ श्रावण ११, आईतवार १९:४६
प्रकासित समय : १९:४६
काठमाडौं,गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बेलुका जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपरासी पूर्वका दुई तथा कास्कीका एक जनामा संक्रमण देखिएको छ। थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ३७५ पुगेको छ। यस्तै, गण्डकीमा आज ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १९४ पुगेको छ।