दाङको पिपरीमा भयानक दुर्घटना : २ जना गम्भीर घाइते

भालुवाङ, दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट गाउँ अगुवा सहित २ जना गम्भीर घाइते भएका छन् । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका ४७ वर्षिय गाउँ अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ७र ८ वर्षका छोरा निसान चौधरी गम्भीर घाइते भएका हुन् ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पौने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका ४७ वर्षिय गाउँ अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ७र ८ वर्षका छोरा निसान चौधरी गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते दुवैलाई सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार गाडी चालकले मादकपदार्थ सेवन गरी करिव १०० को स्पिडमा कुदाएकोले सो दुर्घटना भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार गम्भीर घाइते गाउँ अगुवा चौधरीलाई सडकबाट घिसारेर नालामा पुर्‍याएको थियोे ।

नालाबाट स्थानीयले घाइते लाई निकालेर अस्पताल पुर्‍याएका थिए । ठक्कर दिने गाडी नालामा पल्टिएको छ । भने चालकलाई प्रहरी चौकी सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएको छ । थारू समुदायको चार्ड गुरही सेलाएर घर फर्किने क्रम तीब्र गतिमा आएको स्कारपियो ठक्कर दिंदा यस्तो दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई ।

यता उक्त दुर्घटनालाई लिएर स्थानीयबासीहरूले पूर्व-पश्चिम राजमार्ग अबरूध बनाएका छन् । सडक अबरूध भएपछि सयौं गाडी बीच बाटोमै अलपत्र परेका छन् भने प्रहरीले बाटो खुलाउने प्रयास जारी राखेको छ ।