राप्ती उवासंघ भालुवाङको हाताभित्र गरियो वृक्षारोपण
भालुवाङ, देउखुरीकाे राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नाे हातभित्र रहेकाे खाली ठाउँमा शनिबार वृक्षाराेपण गरेकाे छ ।
संघकाे बार्षिक कार्यक्रम अन्तर्गत नागपञ्चमीकाे अवसर पारे संघकाे सभाहल अगाडी करिब ४ कट्ठा क्षेत्रफलमा एक सय बढी विभिन्न फूल प्रजातिका बिरूवा राेपियाे वृक्षाराेपण गरिएकाे हाे ।
बिरुवा राेपाैं, वातावरण सफा र स्वच्छ राखाैं !
भन्ने मुलनाराका साथ राप्ती गाउँपालिका वन महासंघ र रामजहदी सामुदायिक वन उपभोक्ता समूहकाे समन्वयमा असाेक, धुपीसल्लाे, छतियाैन, मलेसियन साल, बकबेली, स्वामी लगायतका विभन्न फुल प्रजातिका बिरूवाहरू वृक्षाराेपण गरिएकाे संघका अध्यक्ष जगतप्रसाद पाेख्रेलले जानकारी दिए । वृक्षाराेपण कार्यले वातावरण स्वच्छ, सफा राख्न सहयाेग पुग्ने भएकाेले वृक्षाराेपण कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्नुपर्ने अध्यक्ष पाेख्रेलले बताए । वृक्षाराेपणले संघकाे कार्यालयलाई थप सुन्दरता र शितलता प्राप्त हुने भएकाे पनि याे कार्यक्रम गरिएकाे अध्यक्ष पाेख्रेलले बताए ।
यस्तै राप्ती गाउँपालिका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालले खाली क्षेत्रमा वृक्षाराेपणकाे नितान्त आवश्यकता रहेकाे छ । उनले खाली ठाउँमा गरिएकाे वृक्षाराेपणले वातावरण सफा, स्वच्छ र सुन्दरता राख्न सहयाेग पुग्ने भएकाेले याे वृक्षाराेपण अभियानलाई सबैले निरन्तरता दिनुपर्ने बताए । वृक्षाराेपण कार्यक्रममा संघका पद्धाधिकारी, कार्यसमिती सदस्य, सल्लाहकार, उद्योगी, व्यापारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।