३ दिनदेखि अबरुद्ध लाफागाड जलबिद्युत आयोजनाको कुलो पुर्ननिमार्ण सुरु
प्रकासित मिति : २०७७ श्रावण १०, शनिबार १०:३२
प्रकासित समय : १०:३२
कालिकोट, भिर फुटेर कुलो भत्किदा ३ दिनदेखि अबरुद्ध पचालझरना गाउँपालिकाको लाफागाड जलबिद्युत आयोजना पुर्णनिर्माणकाे काम सुरू भएको छ । भिर फुटेर पहिरो जादाँ कुलो भत्किएपछि ३ दिनदेखि अबरुद्ध जलबिद्युत आयोजनाकाे कुलाे निमार्ण कार्य शनिबारबाट सुरू भएकाे हाे ।
विद्युत अवरुद्ध हुदा उपभोक्ताहरु प्रत्यक्षरुपमा प्रभावित भएका थिए । अबरुद्ध बिद्युत पुर्ननिमार्णको लागि आजबाट काम सुरु गरिएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिएका छन ।
अध्यक्ष सेजुवालका अनुसार आजबाट सुरु भएकाे काम छिट्टै सम्पन्न हुने बताइएकाे छ ।
८५ वाट क्षमताको लाफागाड जलबिद्युत आयोजनाले वडा नं ३,४ र ८ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित भएका थिए ।