शनिवार थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ श्रावण १०, शनिबार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौं , पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे ।
पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १३ हजार ५३ जना डिस्चार्ज भइसकेका छन् ।