बाँकेमा थप २ जना सहित जुम्ला र बर्दिया गरी ९ जनामा कोरोना संक्रमण

  बाँके, नेपालगन्ज शनिबार भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । दुई सहित जुम्ला र बर्दियाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शनिबार थपिएका नयाँ संक्रमितमा बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ३९ बर्षिय पुरुष र वडा नम्बर १२ का १९ बर्षिया महिला, जुम्ला गोठाचौर २ का ३३ बर्षिय पुरुष, बर्दिया राजापुर ८ का २४ बर्षिय पुरुष, ४७, ४६, २७ र २१ बर्षिया महिला र ठाकुरबाबा ६ का ३० बर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका २ सय ६० नमुना मध्ये ९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।