देशभर बाढी पहिरोको बितण्डा : १३५ जनाको मृत्यु, ५० बेपत्ता
प्रकासित मिति : २०७७ श्रावण १०, शनिबार १०:५७
प्रकासित समय : १०:५७
काठमाडौं, देशभर बाढी पहिरोको बितण्डा मच्चाएकाे छ । देशभर मनसुन सुरु भएको झण्डै साढे एक महिना भैसकेको छ । शनिबार ४३ औँ दिन हो । यसबीचमा बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपको कारण जनधनको ठुलो क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार यो वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म पहिरोको कारण एक सय २६ जनाले ज्यान गुमाएका छन् भने ४३ जना बेपत्ता भएका छन् । यस्तै ३५० घर बढीमा क्षति पुगेको छ ।
यस्तै, भारी वर्षाका कारण ६ जनाको मृत्यु तथा एकजना बेपत्ता रहेको परिषद्ले जनाएको छ । बाढीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । ६ जना अझै बेपत्ता रहेका छन् । यससँगै देशभर मनसुन सुरु भएसँगै साढे एक महिनामा १ सय ३५ जनाको मृत्यु भएको छ । ५० जना बेपत्ता रहेको परिषदले जनाएको छ ।