गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित
प्रकासित मिति : २०७७ श्रावण १०, शनिबार २१:४१
प्रकासित समय : २१:४१
काठमाडौं, नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई पाँचवर्षका लागि पार्टीबाट निस्कासित गरेको छ । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले दुई नेतालाई पाँचवर्ष कांग्रेसबाट निस्कासित गर्ने निर्णय गरेको हो ।
अर्का डडेल्धुराका नेता रामबहादुर विष्टलाई ३ वर्षका लागि पार्टीबाट निस्कासित गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । निर्वाचनका बेला आफ्नै पार्टीका उमेदवारलाई असहयोग गरेको आरोप उनीहरुमाथि थियो ।

