आफै पहिरो पन्छाउदै अध्यक्ष सेजुवाल
कालीकोट, पचालझरना गाउँपालिकाको घुराबगरको सिममा गएको पहिरो गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको नेतृत्वमा पन्छाइएको छ । अध्यक्ष सेजुवालको प्रत्यक्ष नेतृत्वमा पहिरो पन्छाउने काम गरिएको हो ।
दुई दिनसम्म गाउँपालिकाले १२ घण्टामा डोजर मार्फत काम गरेपछि करिब ३० मिटर दुरीमा अबरुद्ध सडक संचालनमा आएको बताइएको छ । पचालझरना गाउँपालिका अध्यक्ष सेजुवालका अनुसार उक्त सडक संचालनमा एक लाख लगानिमा सम्पन्न भएको छ ।
लगातार पहिरो बगेपछि अध्यक्ष सेजुवाल आफै फिल्डमा पुगेर काम सुरु गर्न लगाएका थिए । कर्णाली करिडोर अन्तरगत पचालझरनाको सिममा लगातार आइरहने पहिरोलाई रोकथामको लागि पालिकाको टिम सहित अध्यक्ष सेजुवाल उक्त स्थानमा पुगेका थिए ।
पटक पटक समास्या गर्ने गरेको उक्त पहिरो लामो समयसम्मका लागि सहज हुने बताइएकाे छ ।पहिराेले अब समस्या आउन नसक्ने गरी बाटो बनाइएको समेत बताइएकाे छ ।
एक सय मिटर माथिबाट आएको ठुलो पहिरोका कारण यातायातका साधनहरु दुई दिनसम्म बन्द भएको भएपनि शुक्रबारदेखि सुचारु भएका छन । गाउँपालिकाले यसअघि कर्णाली करिडोरमा पर्ने विभिन्न स्थानमा मर्मत सम्भार गर्दै आएको छ ।